आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन « Khabarhub

आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक परीक्षणलाई निरन्तरता दिन निर्देशन दिएका छन् । उनले रुस र चीनजस्ता मुलुकसँगको शान्ति कायम राख्न यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ ।

‘किनभने अरु देशहरुले पनि कार्यक्रम परीक्षण गरिरहेका छन्, मैले युद्ध मन्त्रालयलाई समान अनुपातमा हाम्रो आणविक हतियार परीक्षण गर्न निर्देशन दिएको छु ।’ दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको भेटवार्ताअघि राष्ट्रपति ट्रम्पले भने ।

अमेरिकासँग सबैभन्दा धेरै आणविक हतियार रहेको ट्रम्पको भनाइ छ । त्यसपछि रुस र धेरै पछि तेस्रोमा चीन आउने उनले दाबी गरे ।

अमेरिकाले सन् १९९२ यता आणविक हतियार परीक्षण गरेको छैन ।

केही दिनअघि रुसले आणविक ऊर्जाबाट सञ्चालन हुने ‘असीमित दुरीको’ क्षेप्यास्त्र परीक्षण गरेकोमा ट्रम्पले निन्दा गरेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : २० बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार