‘जेरी अन टप’को सफलतापछि ‘छड्के २’बारे अनमोल : फिल्म असफल भएपछि रोएको थिएँ « Khabarhub

‘जेरी अन टप’को सफलतापछि ‘छड्के २’बारे अनमोल : फिल्म असफल भएपछि रोएको थिएँ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बक्स अफिसमा सुपरफ्लप भएको ‘छड्के २’पछि नायक अनमोल केसीले सफल फिल्म ‘जेरी अन टप’ दिएका छन् । प्रदर्शनरत यो फिल्म उनको करिअरकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ ।

फिल्मको सफलताबारे अनमोल भन्छन्, ‘यो असफलतापछिको माया हो । याे क्षेत्रमा आउँदा सुरुमा मलाई सबैले स्वागत नै गर्नुभयो । अलिपछि मलाई फिल्म क्षेत्रले नै अस्वीकार गरेको जस्तो महसुस भएको थियो ।’

अनमोललाई पहिलो फिल्म ‘होस्टल’ले नै स्टार बनायो । त्यसपछिका दुई फिल्म ‘जेरी’ र ‘ड्रिम’बाट उनले राम्रो फ्यान फलोइङ कमाए ।

फिल्म ‘कृ’बाट भने उनको आलोचन सुरु भयो । उनको अभिनय क्षमतामा समीक्षक र मेकरहरुले नै प्रश्न उठाए ।

नवौं फिल्म ‘छड्के २’ फ्लप भएपछि अनमोलको स्टारडम सक्किएको चर्चा सुरु भयो । व्यापारिक रुपमा अनमोलले ‘छड्के २’ जस्तो असफलता पहिला अनुभव गरेका थिएनन् ।

यसपछिका क्षण आफ्नो करिअरको कठिन अवस्था रहेको अनमालेलले खुलाएका छन् ।

‘जेरी अन टप’को हल भिजिटमा पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘त्यसबेला मलाई अभिनय नै आउँदैन भन्ने महसुस गराइयो । मसँग चयन गर्न स्क्रिप्ट नै छैन जस्तो गरियो । फिल्म क्षेत्रमा मलाई केही पनि आउँदैन भन्ने महसुस गराइएको थियो ।’

त्यस समय एकान्तमा आफू धेरै पटक रोएको अनमोलले सेयर गरे ।

अनमोलले उक्त फिल्म फ्लप भएपछि ‘अब फेरि शून्यबाट यात्रा सुरु गर्ने’ प्रण गरेका थिए ।

उक्त घटनाले आफूलाई निकै ठूलो पाठ सिकाएको उनी बताउँछन् । भन्छन्, ‘यही असफलता नै मेरो जीवनको पाठ भयो । तर, ममा आत्मविश्वास थियो ।’

शून्यबाट उठ्ने आत्मविश्वास राखेकाले अहिले आफूले ‘जेरी अन टप’ जस्तो हिट फिल्म दर्शकाई दिन पाएको उनको आशय छ ।

यो पनि : अनमोलको दाबी : जेरी अन टपको व्यापार १२ करोड

यसको सफलताले अहिले फिल्म क्षेत्रका व्यक्तिहरु र दर्शक आफूप्रति सकारात्मक भएको अनमोललाई महसुस भएको छ ।

उनी भन्छन्, ‘अहिले फेरि मलाई दर्शकले साथ दिनुभयो । फिल्म क्षेत्रले पनि मलाई समर्थन गरेको छ । सबै स्थानमा मैले माया पाएको छु । १० वर्षअघि डेब्यू फिल्ममा पाएको जस्तै माया अहिले पाएको महसुस भएको छ ।’

अनमोल, नायिकाहरु जशिता गुरुङ र आँचल शर्मा शीर्ष भूमिकामा रहेको ‘जेरी अन टप’ बिहीबार १४ औं दिनमा प्रदर्शनरत छ । यो फिल्मले दर्शकबाट उच्च साथ पाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ४३ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान