सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने « Khabarhub

सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग छिटै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । त्यसैगरी आगामी राष्ट्रियसभाको निर्वाचनका विषयका साथै विभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत जानकारी लिने उनले बताए । 

उनले समितिको बैठकमा छलफल हुने विषयहरूलाई प्राथमिकीरण गर्दै नयाँ कार्ययोजना आगामी बैठकले अनुमोदन गर्ने जानकारी दिए ।

सभापति शेर्पाले राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने विषयमा राष्ट्रियसभा अध्यक्षले पहल गरिरहेको र सभापतिहरुसंग पनि छलफल भइसकेको बताए । समिति सदस्यहरूले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाका समितिलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ३८ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ