कप्तान रोहित पौडेलले साढे तीन वर्षपछि बनाए शतक « Khabarhub

कप्तान रोहित पौडेलले साढे तीन वर्षपछि बनाए शतक


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एक दिवसीय क्रिकेट प्रतियोगितामा शतक बनाउन सफल भएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईको शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि उनले शतक बनाएका हुन् ।

पौडेलले करिअरकै दोस्रो शतक यूएईविरुद्ध बनाए । उनले यसअघ सन् २०२२ मार्च २५ तारिखमा कीर्तिपुरमा क्रिकेट स्टेडियमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनसहित पहिलो शतक बनाएका थिए ।

पौडेलले करिअरकै दोस्रो शतक बनाउन ३ वर्ष ७ महिना ५ दिन लगाए । उनले यस शतकसँगै कुशल कप्तानसहित ब्याटरका रुपमा आफूलाई फेरि प्रमाणित गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ४८ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु