३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार « Khabarhub

३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको सेयर कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ३४.२२ अंकले बढेको हो ।

बिहीबार २१६ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से परिसूचक २६००.३८ विन्दुमा पुगेको छ भने नेप्सेको पुँजीकरणमा पनि १.३३ प्रतिशतले वृद्धि भएको छ । तर, आजको कारोबारमा २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एनआईबिएल स्टेबल फन्डको बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचकमा वृद्धि भएसँग आज म्युचुअल फन्ड बाहेक सबै सबै समूहको परिसूचक हरियाली बनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ३ : १३ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा