यूएईविरुद्ध सन्दीप र करणले लिए विकेट « Khabarhub

यूएईविरुद्ध सन्दीप र करणले लिए विकेट


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले यूएईको सामना गरिरहेको छ । दुबईमा जारी खेलमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।

लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको यूएईले ताजा अवस्थामा १६ ओभरमा दुई विकेट गुमाउँदै ९३ रन बनाएको छ ।

अब यूएईलाई खेल जित्न ३४ ओभरमा १ सय ४१ रनको आवश्यकता छ । यूएईका आयांश शर्मा ४५ बलमा ३६ रन बनाउँदै खेलिरहेका छन् । उनलाई १४ बलमा ८ रन जोडेका राहुल चोपडाले साथ दिइरहेका छन् ।

खेलमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान एक विकेट लिएका छन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले शतकीर पारी खेले ।

१ सय ३० बलको सामना गरेका कप्तान पौडेलले १ सय ९ रन बनाए । त्यसैगरी, ओपनर आशिफ शेखले ४८ बलमा ३५ रन जोडे ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ४६ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु