रेशमलाई सम्झिँदै रञ्जिता, ‘राजनीतिक दूरी बढेपनि सम्बन्धको आत्मीयता मेटिँदैन’  « Khabarhub

रेशमलाई सम्झिँदै रञ्जिता, ‘राजनीतिक दूरी बढेपनि सम्बन्धको आत्मीयता मेटिँदैन’ 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । पार्टीका संरक्षक तथा उनका श्रीमान रेशमलाल चौधरीले अर्को दल दर्ता गर्ने हल्लापछि उनले फेसबुकमा स्टाटस लेखेर राजनीतिमा दूरी ल्याए पनि सम्बन्धको आत्मीयता कहिले नमेटिने बताएकी छन्। 

 ‘मुटु ,यो फोटो ठीक छ’ भन्ने आवाज आज पनि कानमा गुन्जिरहेछ। राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मियता कहिल्यै मेटिँदैन’, उनले भनेकी छन् ।

बिहीबार चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । विगत एक वर्षदेखि रेशम र रञ्जिताबीच पार्टीमा विवाद हुँदा अहिले पार्टी नै विभाजनको अवस्थामा पुगेको हो । 

यस बीचमा जनमत पार्टीसँग एकता गर्ने भनिए पनि केही विवादका कारण त्यो पनि हुन सकेको छैन । रञ्जिता रेशमकी पहिलो पत्नी हुन् भने दोस्रो पत्नी आशा चौधरी हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ५ : १६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क