विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा « Khabarhub

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको छ।

त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा कप्तान रोहित पौडेलको शतकबाहेक अन्य ब्याटरहरू नचल्दा नेपाल पराजित हुन पुगेको हो । नेपालको बलिङ पनि कमजोर हुँदा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल अमेरिकासँग पनि पराजि भएको थियो ।

नेपालले पहिले ब्याटिङ गरेर ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो। उता घरेलु टोली युएईले लक्ष्य ४३.३ ओभरमै पाँच विकेट गुमाएर सजिलै भेट्टायो ।

युएईका ओपनर आलिसान सराफ र आर्यान्स शर्माले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । आलिसान ४५ रनमा करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भए। सोहेब खान खाता नखोली सन्दीप लामिछानेको बलमा आउट भए।

कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हर्ट हुँदा युएईले त्यतिबेला ११८ रन बनाएको थियो। त्यसपछि मोहम्मद वासिम र आर्यान्सले तेस्रो विकेटका लागि ७६ रन बनाए। वासिम २६ रनमा आउट भएपनि टोली जितको नजिक पुगेको थियो।

आर्यान्सले ९८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा कट एन्ड बोल्ड भए। यो उनको ओडीआई करियरको सर्वाधिक व्यक्तिगत स्कोर पनि हो। उता पाँचौँ विकेटका रूपमा हर्षित कौसिक १३ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए। युएईले ५८ बल बाँकी छँदै जित निकालेको छ ।

नेपालका लागि सन्दीपले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण र दीपेन्द्रले समान १–१ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो। नेपालले मात्र २६ रनमै दुई विकेट गुमाएको थियो।

कुशल भुर्तेल ७ रनमा र भीम सार्की ३ रनमा आउट भए। आशिफ शेख ३५ रनमा आउट भएपछि नेपाल ६१ रनमै तीन विकेट गुमाइसकेको थियो।

कप्तान रोहित पौडेल र आरिफ शेखले चौथो विकेटका लागि ७० रन जोडे। आरिफ २७ रनमा आउट भए। त्यसपछि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग रोहितले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे। ऐरी २३ रनमा रनआउट भए। गुल्सन झा पहिलो बलमै आउट भए।

कप्तान रोहितले १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ओडिआई करियरको दोस्रो शतक पूरा गरे। उनले १ सय ९ रन बनाए। अन्तिम ओभरहरूमा नेपालले रनरेट बढाउन सकेन र अन्तिम पाँच ओभरमा ३९ रन बनायो ।

युएईका डेब्यू बलर जाहिद अलिले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए। जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए।

पहिलो खेलमा अमेरिकासँग १ सय ७ रनले पराजित भएको थियो। यो सिरिजमा नेपालको लगातार दोस्रो हार र १८ खेलमा ११औं हार भोगेको छ।

नेपाल १२ अंकसहित सातौं स्थानमा छ । पुछारमा रहेको युएईले चौथो जितसँगै ८ अंक पुर्‍याएको छ। अब नेपालले शनिबार शीर्षस्थानको अमेरिकासँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ६ : ५४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको