सरकार–नर्सबीचको वार्ता आज पनि टुंगोमा पुगेन « Khabarhub

सरकार–नर्सबीचको वार्ता आज पनि टुंगोमा पुगेन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत नर्सहरूको मागबारे स्वास्थ्य मन्त्रालयसँग आज बिहीबार भएको वार्ता पनि कुनै टुंगोमा पुग्न सकेन।

सरकारले कार्यदल नै गठन गरेर आन्दोलनरत नर्सहरूसँग आज छलफल गरेको थियो। माग सम्बोधनका विषयमा आज कार्यदलको बैठक बसे पनि कुनै टुंगोमा नपुगेको नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले बताइन्।

भोलि सकारात्मक परिणाम आउने आशा शर्माले व्यक्त गरिन्।
सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने भन्दै निजी अस्पतालमा कार्यरत नर्सहरू असोजको दोस्रो सातादेखि आन्दोलनमा उत्रिएका हुन्।

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूहरूको तलब सुविधा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सेवाअन्तर्गत पाँचौँ तहका स्वास्थ्यकर्मीको तलब स्केल ३४ हजार ७३० रहेको छ भने वरिष्ठ पाँचौँ तहका स्वास्थ्यकर्मीको तलब ३७ हजार ७४३ छ। अहिले नर्सहरूले तदनुसार तलब सुविधा माग गर्दै आन्दोलन गरेका हुन्।

मणिपाल मेडिकल कलेज पोखराबाट शुरु भएको नर्सहरूको आन्दोलन यति वेला चरणबद्ध रूपमा देशव्यापी रूपमा फैलिएको हो। आन्दोलनमा उत्रिएको लामो समय बितिसक्दा पनि माग सम्बोधन नभएपछि उनीहरूले अत्यावश्यक सेवाबाहेक दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन्।

निजी अस्पतालहरूले भने अस्पतालहरूको वर्गीकरण गरेर नर्सहरूको तलब तोकिनुपर्ने माग अघि सारेका छन्।

नर्सहरूले राखेको माग पूरा गर्न निजी मेडिकल कलेज र निजी अस्पतालहरूले आफ्ना माग राखेकाले उनीहरूका ती माग पूरा भएमा मात्रै स्वास्थ्यकर्मी तथा नर्सहरू सरकारी सरह तलब दिन सक्ने भनेकाले यो विषयमा भोलिको छलफलबाट टुंगो लाग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : १७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन