गृहले जिल्ला सुरक्षा समितिलाई भन्यो– क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्नू « Khabarhub

गृहले जिल्ला सुरक्षा समितिलाई भन्यो– क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्नू


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानिनोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ।

मन्त्रालयको बिहीबारको सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्र समेतमा सम्पत्तिको हानिनोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्न भनेकाे हाे । साथै, जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न अनुरोध गरेकाे छ।

मन्त्रालयले भनेको छ, “गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ, जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न/गराउनु अनुरोध छ।”

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ५६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन