दल दर्ताका लागि आयोगमा ९ निवेदन « Khabarhub

दल दर्ताका लागि आयोगमा ९ निवेदन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन पेस गरेका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यान दिँदै ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका हुन्।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढले अहिले सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ। यो सरकारको मुख्य म्यान्डेट भनेकै फागुन २१ मा चुनाव गराउने हो।

आयोगले दल दर्ताका लागि प्राप्त निवेदनहरु अध्ययन गर्ने काम भइरहेको जनाएको छ।
दर्ता प्रक्रियामा रहेका दलहरुमा उज्यालो नेपाल पार्टी(बलेको चिम),श्रम संस्कृति पार्टी (माटोको ढिस्को),नेपाल नागरिक पार्टी (जेनजीको जुत्ता) रहेका छन् ।

त्यस्तै गतिशिल लोकतान्त्रिक पार्टी(बलेको ज्योती), राष्ट्रिय परिवर्तन पार्टी(बाँसुरी), नेपाल लिभरल पार्टी (सिक्का),राष्ट्रिय जेनजी पार्टि नेपाल (क्रस खुकुरी),कम्युनिष्ट पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी,नेपाल,(जाँतो) रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ३९ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग