आज २०८२ साल मंसिर १४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १४ गते आइतबारको राशिफल


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १४ गते आइतबार तदनुसार सन् २०२५ नोभेम्बर ३० तारिख । मंसिर शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने दिन छ । तपाईंको उत्साह खोसिने जोखिम छ । साना कुराले मन अशान्त हुनसक्छ । वैदेशिक रोजगारीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन सहज छ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ । विदेशी शिक्षा प्राप्त गर्ने चक्कर बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शुभ ग्रहको बहुमत भएकाले प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

मिथुन : दिन सहज छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ ।

कर्कट : कला र गलाको प्रदर्शन गर्ने दिन छ । एकल निर्णय गर्नु भन्दा दाजुभाइको सल्लाहमा अगाडि बढ्नु सहज हुनेछ । परिवार भित्रबाट भन्दा बाहिरबाट प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : थोरै बोलेर अगाडि बढ्ने दिन छ । स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनसक्छ । खानपानमा विशेष ध्यान दिनुपर्नेछ । गुरुकुलको शिक्षाप्रति सुझाव बढ्नेछ । धार्मिक शिक्षाले मन शान्त बन्नेछ । परिवारले हरेक ठाउँमा निगरानीमा राख्नेछन् ।

कन्या : दिन सहज छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : अनुत्पादक क्षेत्रको लगानीले तपाईंलाई दुःखी बनाउने छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । विपक्षी शान्त भएकाले आफ्नो काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिक : बोली र व्यवहारलाई पारदर्शी बनाउनु आवश्यक देखिन्छ । आम्दानीका क्षेत्र धेरै भएपनि एउटा बाटोलाई दीर्घकालीन बनाउनु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । सानो कुराले परिवारमा भने झन्झट आइपर्ने जोखिम छ ।

धनु : साथीको सल्लाहमा गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले थोरै बोल्नु फाइदाजनक हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

मकर : दिन सहज छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको भय भने कायमै रहेको छ ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा नाफा हुनेछ ।

मीन : धेरै समयपछि दिन राम्रो छ । दैनिकी सहज हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पठनपाठनमा रुची बढ्नेछ । बिहान उठेर गणेशको भजन मात्र सुनेमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ५ : ११ बजे

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको

सारङ्गीको धुनले धानेको जिन्दगी

सुनसरी– सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ– अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक