जेठी पत्नीको सहमतिमा बहुविवाह गर्न पाइन्छ ? « Khabarhub

सन्दर्भ : लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान

जेठी पत्नीको सहमतिमा बहुविवाह गर्न पाइन्छ ?



३४ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । तर समाजमा यावत् पक्षमा महिलामाथि हिंसा भइरहेको छ । कानूनले फौजदारी अपराध मानेको बहुविवाहसमेत भइरहेको छ । विभिन्न बहाना बनाएर जेठी श्रीमतीलाई सहमतिमा ल्याएर अझै केही पुरुषले बहुविवाहलाई निरन्तरता दिएका छन् ।

सामाजिक सञ्जालमै जेठी श्रीमती बिरामी भएर थला परेपछि बाध्य भएर अर्को बिहे गरेका भिडियो प्रशस्तै देख्न पाइन्छ । आवश्यकता र बाध्यताले गरेको दोस्रो बिहेलाई सञ्जालले समर्थन गरेको देखिन्छ । तर कानूनले जेठी श्रीमतीको सहमतिमा पनि कान्छी राख्न नपाइने भनेको छ ।

जेठी श्रमिती किन सहमतिमा आउँछन् ? कस्तो अवस्थामा दोस्रो बिहे गर्न पाइन्छ ? दोस्रो बिहेको असर के हो ? यसले के-कस्ता समस्या निम्त्याउँछ ? यिनै विषयमा रहेर अधिवक्ता कविता ढुङ्गानासँग गरिएको कुराकानी । अधिवक्ता ढुंगाना नुवाकोट बेलकोटगढी नगरपालिकाकी पूर्व उपमेयरसमेत हुन् ।

बहुविवाह गर्न कानूनले वर्जित गरेको अवस्थामा पनि दोस्रो विवाह गरेका छन् ?

कानूनले वर्जित गरेको अवस्थामा पनि बहुविवाह गरेका घटना समाजमा प्रशस्त छन् । जतिसुकै बर्जित गरेता पनि समाजमा दोस्रो विवाह गर्ने प्रचलन अझै कायमै छ । शून्य अवस्था हुनुपर्नेमा उही पहिलेकै जस्तै बहुविवाहले निरन्तरता पाइरहेको छ ।

के-कस्तो अवस्थामा दोस्रो विवाह गरेको देखिन्छ ? विवाह गर्नेहरुको पृष्ठभूमि कस्तो पाउनुभएको छ ?

सबैखालका पृष्ठभूमि भएकाले बहुविवाह गरेको पाइन्छ । निम्नतहदेखि माथिल्ला श्रेणीका मान्छेले बहुविवाह गरेको पाइएको छ । दुई तीन अवस्थामा मानिसले दोस्रो विवाह गर्न पुगेका छन् । पहिलो एक्स्ट्रा मेरिटियल अफेयर्स, लिभिङ टुगेदर, अर्को उचित अभिभावकत्व अभावले त्यस्तोमा फसेको देखिन्छ ।

आफ्ना सन्तानले कस्तो मान्छेसँग सम्बन्ध बनाइरहेका छन् । कस्तोसँग विवाह गरिराखेका छन् भन्ने विषयमा ध्यान नदिँदा गलत सम्बन्धमा पुगेका छन् । शहर बजारमा कानूनसँग सम्बन्धित गोष्ठी सेमिनार हुन्छन् । त्यसको समाचार प्रसारण हुन्छन् । कानून अभिमुखीकरण सुगम ठाउँमा केन्द्रित गरिएको छ।

तर दुरदराज अर्थात् गाउँघरमा कानूनको सचेतना छैन । कानूनको अभावमा पनि दोस्रो बिहे भएको छ । गाउँघरतिर सन्तान जन्माउन असक्षम भएमा र अर्को छोरी-छोरीको जन्म भएकै भरमा दोस्रो बिहे गर्ने चलन छ । छोराको चाहनाले दोस्रो बिहे गर्ने चलन अझै कायम छ ।

समस्या भनेकै पितृसत्तात्मक सोच र त्यसको निरन्तरता नै हो । मजदुरदेखि उच्च शैक्षिक व्यक्तित्त्वसमेत दोस्रो बिहे गरिरहेका छन् । प्रकृति मात्रै फरक हो । होइन भने साक्षर र निरक्षर दुवै थरीले दोस्रो बिहे गरेका छन् ।

पढेलेखेका व्यक्ति छन् जो कानूनको ज्ञान राख्छन् । उनीहरुले कस्तो अवस्थामा दोस्रो बिहे गरेका छन् ?

एक्ट्रा मेरिटियल सम्बन्धका कारण पढेलेखेका मानिस दोस्रो बिहे गरिरहेका छन् । अर्को वैदेशिक रोजगारको कारणले पनि समस्या थपेको छ । श्रीमान् बाहिर हुँदा वा श्रीमती बाहिर रहँदा दोस्रो व्यक्तिसँग सम्बन्ध बन्न पुग्छ । दोस्रो बिहे गर्न हुन्न भनेर बुझेका छन् । तर समय र परिस्थितिले सम्बन्ध बनेपछि त्यसलाई स्वीकार गर्नुपर्ने स्थिति आउँछ ।

एकअर्काबीचको प्रेमले छुट्टिन नसक्ने अवस्था आउँछ । अथवा कुनै घटना विशेषले पतिपत्नी हुनुपर्ने अवस्था आइलाग्छ । त्यसकारण बुझेर पनि दोस्रो बिहेको विकल्प रहन्न । कस्तो भने मान्छे मार्न हुन्न भन्ने सबैलाई थाहा छ । मारियो भने आजीवन कारावास हुन्छ भन्ने पनि थाहा छ । तर केहीले अपराध गरेकै हुन्छन् । त्यस्तै हो बहुविवाह पनि गर्न हुन्न भन्ने थाहा छ । तर गरिरहेका छन् ।

वैदेशिक रोजगारको कारणले पनि समस्या थपेको छ । श्रीमान् बाहिर हुँदा वा श्रीमती बाहिर रहँदा दोस्रो व्यक्तिसँग सम्बन्ध बन्न पुग्छ । दोस्रो बिहे गर्न हुन्न भनेर बुझेका छन् । तर समय र परिस्थितिले सम्बन्ध बनेपछि त्यसलाई स्वीकार गर्नुपर्ने स्थिति आउँछ ।

सामाजिक सञ्जालमा यदाकता जेठी श्रीमती बिरामी भएर, उनैको अनुमति लिएर बिहे गरेको भन्ने सुनिन्छ । जेठी श्रीमतीले सहमति जनाएको अवस्थामा दोस्रो बिहे गर्न किन नपाइने ?

मूलुकी देवानी संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्न, कायम गर्न, स्वतन्त्र सहमतिमा आधारित पवित्र कानूनी बन्धन हो भनेर भनिएको छ । तर यही कुरा बहुविवाह हो भनेर फौजदारी मानिएको हुन्छ ।

यही कानूनमा दोस्रो विवाह कस्तो अवस्थामा गर्न पाइन्छ भनेको छ भने, ७४ को दफा ८३ मा सम्बन्ध विच्छेद भएमा, श्रीमतीको मृत्यु भएमा र अन्तिममा कानून अनुसार अंशवण्डा गरी भिन्न बसेको अवस्थामा गर्न पाइन्छ । नत्र कुनै वस्तुस्थिति देखाएर, क्षमा दिएर यस्ता फौजदारी अपराधबाट मुक्त गर्न सकिने कुरा होइन ।

श्रीमतीले सहमति दिएर बिहे गरेको भनेर उम्कन अवस्था हुँदैन । मूलुकी संहिताको २०७५ संशोधन गरेर कानून मन्त्रालयले एउटा कानून बनाउन मस्यौदा तयार पनि भएको थियो । विवाहित पुरुषले अर्को महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहेमा वा बच्चा जन्मिन पुगेमा विवाह कायम हुने भनिएको थियो । तर त्यसको व्यापक विरोध भएपछि हट्यो । त्यसकारण जेठी श्रीमतीको सहमति भएता पनि दोस्रो विवाह गर्न पाइँदैन । भएमा पनि उक्त विवाह स्वतः बदर हुन्छ । कानूनले कसूर मानेको कार्य गर्न पाइँदैन ।

दोस्रो बिहे गरिहाले के हुन्छ ?

कानूनको अज्ञानता क्षम्य हुँदैन । त्यो अज्ञानता नहोस् । हरेक नागरिकले थाहा पाउन् भनेर सरकारले ऐन, कानून बनाएर राजपत्रमा प्रकाशित गरेको हुन्छ । कानूनले नै अपराधी घोषित गरेको कार्य गरेमा कानून बमोजिम दण्ड सजाय हुन्छ ।

जेठी श्रीमतीको सहमति भएता पनि दोस्रो विवाह गर्न पाइँदैन । भएमा पनि उक्त विवाह स्वतः बदर हुन्छ । कानूनले कसूर मानेको कार्य गर्न पाइँदैन ।

फौजदारी कानून भनेको जस्तो लेखिएको छ, अक्षरशः पालना हुन्छ । मलाई थाहा थिएन भनेर छुट पाइने होइन । त्यहाँ माफी मागेर वा कुनै बाध्यता देखाएर मुक्त हुन पाइँदैन । बहुविवाह गरेमा एक वर्षदेखि ५ वर्षको कैद र १५-५० हजार रुपैयाँसम्मको जरिवाना हुन्छ ।

दोस्रो बिहे गर्दा के-कस्ता समस्या हुन्छ ?

यसको असर बहुआयामिक हुन्छ । घरपरिवारको शान्ति बिग्रन्छ । कलह, द्वन्द्व सुरु हुन्छ । सभ्य समाजमा दुईवटा बिहे हुँदैन । दुईवटा बिहे भनेको महिलामाथि नै अन्याय हो । हिंसा हो ।

अर्को विवाह दर्ता पनि हुँदैन । बच्चाबच्ची जन्मिए बाउआमा कायम गरिदिने तर उनीहरुलाई श्रीमान-श्रीमती कायम गर्दिदैन । त्यो भएपछि बच्चामा मानसिक तनाव हुन्छ । जेलमा सजाय भोगेर आइसक्यो फेरि पनि कान्छीसँग गएर बस्ने, जेठीसँग नबस्ने गरेका छन् । यसरी पारिवारिक माहोल बिग्रन्छ ।

जेठी श्रीमतीले बहुविवाहको मुद्दा नहाले के हुन्छ ?

हो, जेठी श्रीमतीले नै मुद्दा हालेको हुनुपर्छ । जो पीडित हो, उसले मुद्दा हाल्ने हो । त्यो पनि बिहे भएको थाहा भएको मिति र बिहे गरेको मितिले ३ महिनाभित्रै मुद्दा हाल्नुपर्छ । अन्यथा हदम्यादको कारण पनि मुद्दा दर्ता नहुने कुरामा चनाखो हुनुपर्छ । सचेत हुनुपर्छ । यसमा कानूनी जागरण गर्नुपर्ने देखिन्छ । गाउँ-गाउँमा न्यायिक समिति र मेलमिलाप समिति छन् । तिनीहरुले कार्यक्रम गरिराखेका छन् ।

तथ्याङ्क हेर्ने हो भने बहुविवाह कोशी प्रदेशमा धेरै भएको देखिन्छ । त्यसपछि लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमा छ ।

तथ्याङ्क हेर्ने हो भने बहुविवाह कोशी प्रदेशमा धेरै भएको देखिन्छ । त्यसपछि लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमा छ । सबैभन्दा धेरै भएको ठाउँ क्षेत्रमा जागरण अभियानका कार्यक्रम बढाउन आवश्यक छ । हदम्याद हुन्छ, समयमा नगए मुद्दा दर्ता हुँदैन । न्याय प्राप्तिमा कठिनाइ आउँछ भनेर जागरण गर्नुपर्ने हुन्छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहेको छ । साथै, तपाईंले एक कार्यकाल उपमेयरको भूमिका निभाइसक्नु भयो । न्यायिक समितिको प्रमुख भएर काम गर्दा महिलाको अवस्था के पाउनुभयो ?

अहिले १६ दिने अभियानको नारा नै ‘प्रविधिको सही सदुपयोग गरौँ’ भन्ने रहेको छ । अहिले डिजिटल हिंसा हुन्छ । अधिवक्ताको रुपमा यस्ता मुद्दा हेरिरहेको छु । गाली गलौज गर्ने, अपशब्द बोल्ने लगायतका हिंसा भइरहेको छ । महिलामाथि बोझ धेरै छ । घरका पुरुष सहयोग नगर्ने समस्या सिर्जना भइरहेका छन् । पहिले हामो हजुरआमा र आमाको पालामा जस्तै त छैन । तर हिंसा सहन महिला बाध्य छन् । हिंसाको स्वरुप परिवर्तन भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ४९ बजे

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड