पार्टी समूहिक बल हो : विष्णु रिमाल « Khabarhub

पार्टी समूहिक बल हो : विष्णु रिमाल


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता विष्णु रिमालले पार्टी सामूहिक बल भएको बताएका छन् । एमालेको ११ औं महाधिवेशनको संघारमा नयाँ नेतृत्व निर्माणको चरणमा प्रवेश गरेको भन्दै रिमालले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा सक्रिय रिमालले फेसबुकमा लेखेका छन् ‘एमालेः नीतिमा दृढता र नेतृत्वमा एकता ।

पार्टी भनेको टीम हो–सामूहिक बल हो। सयौं फूलसँगसँगै फुल्ने फूलबारी हो।‘एकले सबैलाई र सबै मिली एकलाई’ अघि बढाउने साझा थलो हो।’

नेकपाका प्रथम महासचिव पुष्पलालको सही विचार भए पनि टीमको अभावमा अघि नबढेको उनको भनाइ छ ।

मनमोहनको शालीनताले तत्कालीन मालेको गतिशीलता पाएपछि उचाइ लिएको भन्दै उनले जननेता मदन भण्डारीले ‘गति र भावना’ मिल्ने साथीकै बलमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेको बताएका छन् ।

‘अहिले हामी पार्टीको एघारौं महाधिवेशनको संघारमा छौँ– र नयाँ नेतृत्व निर्माणको चरणामा प्रवेश गर्दै छौं’, रिमालले फेसबुकमा लेखेका छन्, ‘यतिखेर करिब ७ लाख सदस्यले आफ्नो तर्फबाट नेतृत्वका लागि मतदान गर्ने प्रतिनिधि चुनिसक्नु भएको छ। निर्वाचित सबै प्रतिनिधि कमरेडहरूलाई हार्दिक बधाई ।’

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : २० बजे

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक