पार्टी समूहिक बल हो : विष्णु रिमाल « Khabarhub

पार्टी समूहिक बल हो : विष्णु रिमाल


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता विष्णु रिमालले पार्टी सामूहिक बल भएको बताएका छन् । एमालेको ११ औं महाधिवेशनको संघारमा नयाँ नेतृत्व निर्माणको चरणमा प्रवेश गरेको भन्दै रिमालले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा सक्रिय रिमालले फेसबुकमा लेखेका छन् ‘एमालेः नीतिमा दृढता र नेतृत्वमा एकता ।

पार्टी भनेको टीम हो–सामूहिक बल हो। सयौं फूलसँगसँगै फुल्ने फूलबारी हो।‘एकले सबैलाई र सबै मिली एकलाई’ अघि बढाउने साझा थलो हो।’

नेकपाका प्रथम महासचिव पुष्पलालको सही विचार भए पनि टीमको अभावमा अघि नबढेको उनको भनाइ छ ।

मनमोहनको शालीनताले तत्कालीन मालेको गतिशीलता पाएपछि उचाइ लिएको भन्दै उनले जननेता मदन भण्डारीले ‘गति र भावना’ मिल्ने साथीकै बलमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेको बताएका छन् ।

‘अहिले हामी पार्टीको एघारौं महाधिवेशनको संघारमा छौँ– र नयाँ नेतृत्व निर्माणको चरणामा प्रवेश गर्दै छौं’, रिमालले फेसबुकमा लेखेका छन्, ‘यतिखेर करिब ७ लाख सदस्यले आफ्नो तर्फबाट नेतृत्वका लागि मतदान गर्ने प्रतिनिधि चुनिसक्नु भएको छ। निर्वाचित सबै प्रतिनिधि कमरेडहरूलाई हार्दिक बधाई ।’

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : २० बजे

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल