चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि तीन परामर्शदाता छनौट « Khabarhub

चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि तीन परामर्शदाता छनौट


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार वटा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका छन् ।

जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको सरकारी लगानी व्यवस्थापन तथा मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका हुन् ।

अर्थ मन्त्रालयले साउन २० गते आह्वान गरेको बोलपत्रमा सहभागी भएका मध्ये नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि एस एन्ड एस– पिजेपिएन र जीन एन्ड एसोसिएट जेभी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिको लागि एस एन्ड एस– पिजेपिएन छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बुटवल धागो कारखानाको सम्पत्ति मूल्यांकनको लागि एस एन्ड एस– पिजेपिएन र जनकपुर चुरोट कारखानाको लागि एस एन्ड एस– पिजेपिएन र एस सुवेदी एन्ड एसोसिएट जेभी छनौट भएका छन् ।

छनौट भएका योग्य आवेदकको प्रस्ताव मंसिर २१ गते दिउँसो २ बजे खोलिने अर्थ मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ ।

सरकारले लामो समयदेखि घाटामा सञ्चालन तथा व्यवस्थापन हुँदै आएका सार्वजनिक संस्थानमा सरकारी लगानी व्यवस्थापन गर्नको लागि प्रक्रिया अगाडि बढाएको छ ।

अब छनौट भएका कम्पनीले दिने प्रतिवेदनका आधारमा ती संस्थानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : ४७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको