चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि तीन परामर्शदाता छनौट « Khabarhub

चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि तीन परामर्शदाता छनौट


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार वटा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका छन् ।

जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको सरकारी लगानी व्यवस्थापन तथा मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका हुन् ।

अर्थ मन्त्रालयले साउन २० गते आह्वान गरेको बोलपत्रमा सहभागी भएका मध्ये नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि एस एन्ड एस– पिजेपिएन र जीन एन्ड एसोसिएट जेभी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिको लागि एस एन्ड एस– पिजेपिएन छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बुटवल धागो कारखानाको सम्पत्ति मूल्यांकनको लागि एस एन्ड एस– पिजेपिएन र जनकपुर चुरोट कारखानाको लागि एस एन्ड एस– पिजेपिएन र एस सुवेदी एन्ड एसोसिएट जेभी छनौट भएका छन् ।

छनौट भएका योग्य आवेदकको प्रस्ताव मंसिर २१ गते दिउँसो २ बजे खोलिने अर्थ मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ ।

सरकारले लामो समयदेखि घाटामा सञ्चालन तथा व्यवस्थापन हुँदै आएका सार्वजनिक संस्थानमा सरकारी लगानी व्यवस्थापन गर्नको लागि प्रक्रिया अगाडि बढाएको छ ।

अब छनौट भएका कम्पनीले दिने प्रतिवेदनका आधारमा ती संस्थानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : ४७ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश