ओखलढुंगाबाट सबै १२ जना प्रतिनिधि ईश्वर पोखरेलनिकट आए « Khabarhub

ओखलढुंगाबाट सबै १२ जना प्रतिनिधि ईश्वर पोखरेलनिकट आए


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी ११ औँ महाधिवेशनका लागि नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाबाट सबै महाधिवेशन प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षीय आएका छन् ।

प्रतिनिधि छनौटका लागि शनिबार भएको मतदानपछिको परिणामअनुसार सबै १२ जना प्रतिनिधिहरू पोखरेल पक्षका विजयी भएका हुन् ।

१२ प्रतिनिधिमा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत छन् ।

उता महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ पनि पोखरेल पक्षकै हुन् । ४० वर्षमुनिको युवातर्फ टीकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधिमा विजयी भए । उनीहरू सबै ओखलढुंगामा पूर्वप्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङनिकट हुन् ।

ओखलढुंगा वरिष्ठ उपाध्यक्ष पोखरेलको गृहजिल्ला पनि हो । अम्बिर गुरुङ वरिष्ठ उपाध्यक्ष पोखरेलनिकट हुन् । गुरुङ अहिलेबाटै पोखरेलको पक्षमा खुलेर लागिसकेका छन् ।

ओखलढुंगामा १२ जना प्रतिनिधिका लागि ४१ जनाको उम्मेदवारी थियो । तर सहमति नजुटेपछि निर्वाचन कमिटीले पार्टीको अन्तरपार्टी निर्देशनअनुसार मतदान गराएको हो । ओखलढुंगामा १५१८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १२ : ५५ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु