विवादित उपदफा खारेजीको माग गर्दै देशभरका औषधि व्यवसायी आन्दोलित  « Khabarhub

विवादित उपदफा खारेजीको माग गर्दै देशभरका औषधि व्यवसायी आन्दोलित 


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था ऐनका दुई उपदफा खारेज गर्न माग गर्दै देशभरका औषधि व्यवसायी आज आन्दोलनमा उत्रिएका छन् । 

औषधि ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित उनीहरूले आज देशभरका औषधि पसल एक घण्टाका लागि बन्द गरेका हुन् ।

आइतबार बिहान ११ बजेदेखि आयात, थोक तथा खुद्रा सबै प्रकारका औषधि पसल एकै पटक बन्द गर्दै व्यवसायीहरू औषधि व्यवस्था विभाग पुगेका छन् । विभागको केन्द्रीय तथा शाखा कार्यालयहरूसहित सम्बन्धित निकायहरूमा व्यवसायीहरूले धर्ना दिँदै विरोध जारी राखेका छन् ।

विवादित उपदफा खारेज नगरेसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजाने औषधि व्यवसायी संघले चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १ : ०१ बजे

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष