साउथ सुपरस्टार रजनीकान्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ « Khabarhub

साउथ सुपरस्टार रजनीकान्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउथ भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो अभिनय यात्राको ५० वर्ष पूरा गरेका छन् । यसै अवसरत, शुक्रबार गोवामा आयोजित ५६ औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवले उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै विशेष सम्मान प्रदान गरेको छ ।

समापन समारोहमा ७४ वर्षीय रजनीकान्तले अवार्ड ग्रहण गर्दा सम्पूर्ण हल उभिएर तालीका साथ स्वागत गरे । सम्मान स्वीकार्न मंचमा पुगेका उनले भावुक हुँदै आफ्नो पाँच दशक लामो करियरबारे चर्चा गरे ।

रजनीकान्तले भने, ‘यदि मलाई १०० जीवन मिल्यो भने पनि, म हरेक पटक रजनीकान्तजस्तै अभिनेताको रूपमा नै जन्मिन चाहन्छु। तपाईँहरूको माया र साथका लागि धन्यवाद ।’

रजनीकान्तले भारतीय सिनेमामा बिताएका ५० वर्ष आफूलाई केही वर्षजत्तिकै अनुभव भएको बताए । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले शाल र स्मृतिचिह्न प्रदान गर्दै उनलाई सम्मान गरेका थिए ।

महोत्सवको क्रममा रजनीकान्तको हालै रिलिज भएको फिल्म ‘लाल सलाम’ प्रदर्शन गरिएको थियो । यो फिल्म रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले निर्देशन गरेको स्पोर्ट्स–एक्सन ड्रामा हो, जसको स्क्रिनिङमा ऐश्वर्याको पनि उपस्थिति थिइन् । 

रजनीकान्तले सन् १९७५ को फिल्म ‘अपूर्व रागांगल’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनी थलपथ, बाशा, मुल्लम मलारुम, एन्थिरन, कबाली, जेलर लगायत दर्जनौँ सुपरहिट फिल्मका नायक बने ।

 कठिन संघर्षपछि स्टारडम हासिल गरेका रजनीकान्त आज भारतका सबैभन्दा महँगा अभिनेता मानिन्छन् । 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १ : ३२ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार