साउथ सुपरस्टार रजनीकान्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ « Khabarhub

साउथ सुपरस्टार रजनीकान्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउथ भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो अभिनय यात्राको ५० वर्ष पूरा गरेका छन् । यसै अवसरत, शुक्रबार गोवामा आयोजित ५६ औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवले उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै विशेष सम्मान प्रदान गरेको छ ।

समापन समारोहमा ७४ वर्षीय रजनीकान्तले अवार्ड ग्रहण गर्दा सम्पूर्ण हल उभिएर तालीका साथ स्वागत गरे । सम्मान स्वीकार्न मंचमा पुगेका उनले भावुक हुँदै आफ्नो पाँच दशक लामो करियरबारे चर्चा गरे ।

रजनीकान्तले भने, ‘यदि मलाई १०० जीवन मिल्यो भने पनि, म हरेक पटक रजनीकान्तजस्तै अभिनेताको रूपमा नै जन्मिन चाहन्छु। तपाईँहरूको माया र साथका लागि धन्यवाद ।’

रजनीकान्तले भारतीय सिनेमामा बिताएका ५० वर्ष आफूलाई केही वर्षजत्तिकै अनुभव भएको बताए । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले शाल र स्मृतिचिह्न प्रदान गर्दै उनलाई सम्मान गरेका थिए ।

महोत्सवको क्रममा रजनीकान्तको हालै रिलिज भएको फिल्म ‘लाल सलाम’ प्रदर्शन गरिएको थियो । यो फिल्म रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले निर्देशन गरेको स्पोर्ट्स–एक्सन ड्रामा हो, जसको स्क्रिनिङमा ऐश्वर्याको पनि उपस्थिति थिइन् । 

रजनीकान्तले सन् १९७५ को फिल्म ‘अपूर्व रागांगल’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनी थलपथ, बाशा, मुल्लम मलारुम, एन्थिरन, कबाली, जेलर लगायत दर्जनौँ सुपरहिट फिल्मका नायक बने ।

 कठिन संघर्षपछि स्टारडम हासिल गरेका रजनीकान्त आज भारतका सबैभन्दा महँगा अभिनेता मानिन्छन् । 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १ : ३२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने