एमाले प्रतिनिधि निर्वाचन : मोरङ ६ मा ओलीपक्षीय सबै उम्मेदवार पराजित « Khabarhub

एमाले प्रतिनिधि निर्वाचन : मोरङ ६ मा ओलीपक्षीय सबै उम्मेदवार पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू पराजित भएका छन्।

यो निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेताहरू विजयी भएका छन् । अध्यक्ष ओली इतर नेता विनोद ढकालले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको प्रतिनिधित्व गरेका थिए।

यहाँ ढकाल समूहका सबै नेताहरू विजय भएका हुन् । आइतबार सम्पन्न भएको मतगणनामा सम्पूर्ण क्लस्टरमा ढकाल पक्षी नेताहरू विजय भए

यहाँबाट बीना ढकाल, पीताम्बर श्रेष्ठ, रमेशकुमार पोख्रेल, सत्यनारायण चौधरी र युवा कोटामा सन्तोष घिमिरे विजयी भए। महिला प्रतिनिधितर्फ सरस्वती खरेल विजय भएकी छन् ।

अध्यक्ष केपी ओलीका कट्टर आलोचक रहेका ढकालले आफ्नो सबै टिमलाई विजय गराएका हुन् । मोरङ जिल्ला कमिटीमा ढकाल पक्षको बर्चस्व छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : १५ बजे

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।