इलामबाट तीन युवा नेताहरू महाधिवेशन प्रतिनिधि « Khabarhub

इलामबाट तीन युवा नेताहरू महाधिवेशन प्रतिनिधि


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले महाधिवेशनमा इलामबाट तीन चर्चित युवा नेताहरू  प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । 

एमालेका पूर्वसांसद सुहाङ नेम्वाङ, युवा संघका नेता निरोज पौडेल र स्थानीय नेता रवीन्द्र सुवेदी सर्वसम्मत चयन भएका हुन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवातर्फ पौडेल चयन भएका छन् ।

महिलातर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् ।

इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रवीन्द्र) चयन भएका छन् । महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बू र पबिमाया राई चयन भएका छन् ।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । सुहाङसहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध चयन भए ।

इलाममा २० जना महाधिवेशन प्रतिनिधि चुनिँदा छ जना  वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल पक्षीय नेताहरू परेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : २५ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु