इलामबाट तीन युवा नेताहरू महाधिवेशन प्रतिनिधि « Khabarhub

इलामबाट तीन युवा नेताहरू महाधिवेशन प्रतिनिधि


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले महाधिवेशनमा इलामबाट तीन चर्चित युवा नेताहरू  प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । 

एमालेका पूर्वसांसद सुहाङ नेम्वाङ, युवा संघका नेता निरोज पौडेल र स्थानीय नेता रवीन्द्र सुवेदी सर्वसम्मत चयन भएका हुन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवातर्फ पौडेल चयन भएका छन् ।

महिलातर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् ।

इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रवीन्द्र) चयन भएका छन् । महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बू र पबिमाया राई चयन भएका छन् ।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । सुहाङसहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध चयन भए ।

इलाममा २० जना महाधिवेशन प्रतिनिधि चुनिँदा छ जना  वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल पक्षीय नेताहरू परेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : २५ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम