चन्द्रदेवले बनाए घनश्यामलाई नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष « Khabarhub

चन्द्रदेवले बनाए घनश्यामलाई नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्ष बनाएका छन् ।

आइतबारदेखि दुई दिनसम्म चल्ने नेकपा (संयुक्त)को एकता बैठकलाई काठमाडौंको त्रिपुरेश्वरमा सम्बोधनका क्रममा जोशीले भुसाललाई कार्यवाहक अध्यक्ष तोकेका हुन्।

‘कमरेड घनश्याम भुसाल को नेतृत्वमा युवाहरूको काँधमा कम्युनिष्ट आन्दोलनको अभिभारा सुम्पिएको छु’, उनले भने, ‘मैले आँखा चिम्लिनुभन्दा पहिल्यै यो आन्दोलन एक इतिहास रच्न सफल होस्, म पनि सँगै हुनेछु ।’

उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससहित भुसाललाई कार्यवहाक अध्यक्ष सुम्पिएको बैठकमा घोषणा गरेका छन् ।

यसअघि ११ मंसिरमा भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकतासम्बन्धी सहमति भएको थियो।

कार्यक्रममा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको थियो । पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया राख्ने सहमति भएको थियो। झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गरिने सहमति भएको थियो ।

त्यसबेला केही दिनभित्रै दुई पार्टीबीच एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र सम्मेलन गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ३४ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु