चन्द्रदेवले बनाए घनश्यामलाई नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष « Khabarhub

चन्द्रदेवले बनाए घनश्यामलाई नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्ष बनाएका छन् ।

आइतबारदेखि दुई दिनसम्म चल्ने नेकपा (संयुक्त)को एकता बैठकलाई काठमाडौंको त्रिपुरेश्वरमा सम्बोधनका क्रममा जोशीले भुसाललाई कार्यवाहक अध्यक्ष तोकेका हुन्।

‘कमरेड घनश्याम भुसाल को नेतृत्वमा युवाहरूको काँधमा कम्युनिष्ट आन्दोलनको अभिभारा सुम्पिएको छु’, उनले भने, ‘मैले आँखा चिम्लिनुभन्दा पहिल्यै यो आन्दोलन एक इतिहास रच्न सफल होस्, म पनि सँगै हुनेछु ।’

उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससहित भुसाललाई कार्यवहाक अध्यक्ष सुम्पिएको बैठकमा घोषणा गरेका छन् ।

यसअघि ११ मंसिरमा भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकतासम्बन्धी सहमति भएको थियो।

कार्यक्रममा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको थियो । पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया राख्ने सहमति भएको थियो। झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गरिने सहमति भएको थियो ।

त्यसबेला केही दिनभित्रै दुई पार्टीबीच एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र सम्मेलन गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ३४ बजे

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।