‘गोरखापत्र एकेडेमी’ सञ्चालन गरिँदै « Khabarhub

‘गोरखापत्र एकेडेमी’ सञ्चालन गरिँदै


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित गोरखापत्र एकेडेमी स्थापनाको निर्णय गरेको हो । 

पत्रकारिता क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशन लगायतका कार्य सञ्चालनको लागि एकेडेमी सञ्चालन गर्न लागिएको संस्थानले जनाएको छ । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको अध्यक्षतामा बसेको संस्थान सञ्चालक समितिको मङ्सिर १२ गतेको बैठकले गोरखापत्र एकेडेमी स्थापना गर्ने निर्णय गरेको संस्थानका योजना विभागका निमित्त निर्देशक ताराबहादुर बस्यालले जानकारी दिए ।

गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) ले संस्थानको काम कर्तव्य र अधिकार तोकेको छ । महाप्रबन्धक ऐरीको अवधारणा अनुसार स्थापित  एकेडेमी उक्त दफाले तोकेको सीमाभित्र रहेर सञ्चालन गरिने बस्यालले जानकारी दिए ।  

बैठकले गोरखापत्र एकेडेमी सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ समेत स्वीकृत गरेको छ । कार्यविधि अनुसार एकेडेमीले संस्थानका प्रकाशनको गुणस्तर सुधार तथा जनशक्तिको व्यवसायीक क्षमता विकासका कार्य गर्नेछ ।

त्यस्तै, पत्रकारिताको व्यावसायिक विकासका लागि मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, गोरखापत्र संस्थानको आम्दानी अभिवृद्धि गर्न दिगो स्रोत पहिचान गर्ने, सरकारको नीति तथा कार्यक्रम र संवैधानिक निकायका काम कर्तव्य पूरा गर्ने सिलसिलामा उक्त निकायको सहमति र आर्थिक सहभागितामा तालिम सञ्चालन गर्ने लगायतका कार्य गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एकेडेमीमार्फत पत्रकारिताको विस्तारित आयामहरूमा समग्र सञ्चारकर्मीको क्षमता विकास, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए ।

साथै, डिजिटल तथा आम सञ्चार साक्षरता, अध्ययन अनुसन्धान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न एकेडेमी स्थापना गरिएको महाप्रबन्धक ऐरीले जानकारी दिए। 

एकेडेमी सञ्चालन गर्नको लागि संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहनेगरि एक कार्यदल गठन गरिनेछ । एकेडेमीलाई आवश्यकता अनुसार विषयगत विज्ञ, प्रशिक्षक र परामर्शदाताको रोस्तर तयार गरिने छ ।

त्यस्तै एकेडेमीले आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, पत्रकार महासंघ, विशेषज्ञ एवम् निजी संस्थाहरूसँग कार्य समन्वय गर्ने, डिजिटल अर्काइभ, इ लाइब्रेरी, अनलाइन तालिम, डिजिटल प्रकाशन प्रणालीको सुधार तथा बिस्तार गर्ने लगायतका जिम्मेवारी पुरा गर्ने संस्थानले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ४५ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।