ओली भन्छन् : महाधिवेशनमा छलफल गर्नुपर्ने कुनै विषय छैनन् « Khabarhub

ओली भन्छन् : महाधिवेशनमा छलफल गर्नुपर्ने कुनै विषय छैनन्


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनमा लामो छलफल नहुने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले यस महाधिवेशनले धेरै काम गर्नुनपर्ने भएकाले सिधै नेतृत्व छनोटमा जाने बताए ।

‘भदौ २०-२२ को दोस्रो विधान महाधिवेशनले देशको परिस्थितिको, हाम्रो इतिहासको समीक्षा गरेको छ। हाम्रा काम, हाम्रा सफलता र हाम्रा कमी कमजोरीको समीक्षा गरेर राजनीतिक प्रतिवेदन प्रस्ताव पारित गरिसकेका छौँ’, उनले भने, ‘पार्टीको सांगठानिक अवस्थाको पनि समीक्षा गरेर प्रतिवेदन पारित गरिसकेका छौँ । अहिले त्यसमा केही पारित गर्नुपर्ने छैन ।’

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा केही हेरफेर गर्नु नपर्ने बताए । ‘विधानमा केही ठूलो परिवर्तन गर्नुपर्ने जरुरी छैन । महाधिवेशनमा लामो छलफल हुँदैन । छोटो विधिबाट यसलाई टुंग्याउँछौँ’, उनले भने, ‘यस महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा लाने छौँ ।’

यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलपछि देशको परिस्थिति फेरिएकाले ११ औँ महाधिवेशनमा विस्तृत छलफल हुनुपर्ने माग राखेका थिए । उनले दलको विधान, देशको राजनीतिक अवस्थासहितका विषयमा विस्तृत छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ३ : ०२ बजे

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।