कर्णालीका कप्तान सोमपाल पनि आउट, गुमायो छैठौँ विकेट « Khabarhub

कर्णालीका कप्तान सोमपाल पनि आउट, गुमायो छैठौँ विकेट


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले छैठौँ विकेट गुमाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको १४ ओभर २ बलमा कर्णालीका कप्तान सोमपाल कामी आउट भए ।

उनी काठमाडौं गोर्खाजका मिलन्द कुमारको बलमा कट एण्ड बोल्ड भए । आउट हुनुअघि सोमपालले ११ बलमा ६ रन जोडे ।

अहिले कर्णाली याक्सले काठमाडौँ गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । निरन्तर हारिरहेको कर्णालीका लागि काठमाडौंविरुद्धको खेल प्रतिष्ठा बनेको छ।

चार खेल खेलेर दुई अंक मात्रै जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग चार विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटको जित निकालेको थियो ।

तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हारेको कर्णाली चौथो खेलमा विराटनगरसँग तीन विकेटले पराजित भएको हो । कर्णालीका लागि अब सबै खेल जित्नैपर्ने दबाब छ ।

पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हारको सामना गरेको काठमाण्डु चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनले विजयी भएको हो । पाँचौं खेलमा चितवनलाई ५३ रनले हराएको काठमाडौं आजको खेलमा उच्च मनोबलसहित उत्रिँदैछ ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।

पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ३५ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते