एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि « Khabarhub

एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘इनर्जी, भिजन, फ्युचर’ थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले ‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’ गरी दुई सम्मानहरू प्राप्त गरेको छ । 

नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो । 

एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो ।

यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउने कम्पनीको दाबी छ । 

कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ। यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ।  

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो । एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् । 

यसै सन्दर्भमा समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी नेपालमा वातावरणमैत्री गाडी हरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहक को सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको  केन्द्रमा रहनेछ।’

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ५ : १४ बजे

धादिङ बस दुर्घटना अपडेट : ट्रमामा १२ जना उपचाररत, एकको अवस्था गम्भिर

काठमाडौं– धादिङमा भएको बस दुर्घटनामा घाइते भई काठमाडौंस्थित राष्ट्रिय ट्रमा

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित