एमाले प्रतिनिधि छनोट : झापा र सुनसरीका तीनजना प्रदेशसभा सदस्य पराजित « Khabarhub

एमाले प्रतिनिधि छनोट : झापा र सुनसरीका तीनजना प्रदेशसभा सदस्य पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर ४ का प्रदेश सांसद राधाकृष्ण खनाल नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधि छनोट निर्वाचनमा पराजित भएका छन्।

उक्त क्षेत्रमा संघीय सांसद एलपी सावा शिवशताक्षी नगरपालिकाका मेयर मेघाङ थोप्रा, रवीन्द्र लम्साल र हिमबहादुर कार्की निर्वाचित भएका छन्। 

यस्तै सुनसरी १ बाट पनि प्रदेशसभामा निर्वाचित रमेशकुमार बस्नेत र विजयकुमार राई महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भएका छन्। 

कोशी प्रदेशको झापा क्षेत्रमा २ सुनसरी क्षेत्र नम्बर १ र मोरङ क्षेत्र नम्बर ३ को मतपरिणाम भने अहिलेसम्म आएको छैन ।

नेताहरूका अनुसार यो क्षेत्रमा विवाद भएका कारण मत परिणाम आउन नसकेको हो ।

झापा क्षेत्र नम्बर २ मा प्रदेश सरकारका खानेपानी मन्त्री एकराज कार्की महाधिवेशन प्रतिनिधिका लागि उठेका छन्। 

सोही क्षेत्रमा प्रदेश सांसद तिलाचन पाठक र कमला थापा मगर पनि उम्मेदवार रहेका छन्। 

यस्तै सुनसरी ३ मा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीमणि भण्डारी र प्रदेशसभा सदस्य निरादेवी खनाल उम्मेदवार रहेका छन्। 

मोरङ क्षेत्र नम्बर ३ मा प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी पनि महाधिवेशन प्रतिनिधिको उमारदार रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : १४ बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी