एमाले प्रतिनिधि छनोट : झापा र सुनसरीका तीनजना प्रदेशसभा सदस्य पराजित « Khabarhub

एमाले प्रतिनिधि छनोट : झापा र सुनसरीका तीनजना प्रदेशसभा सदस्य पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर ४ का प्रदेश सांसद राधाकृष्ण खनाल नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधि छनोट निर्वाचनमा पराजित भएका छन्।

उक्त क्षेत्रमा संघीय सांसद एलपी सावा शिवशताक्षी नगरपालिकाका मेयर मेघाङ थोप्रा, रवीन्द्र लम्साल र हिमबहादुर कार्की निर्वाचित भएका छन्। 

यस्तै सुनसरी १ बाट पनि प्रदेशसभामा निर्वाचित रमेशकुमार बस्नेत र विजयकुमार राई महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भएका छन्। 

कोशी प्रदेशको झापा क्षेत्रमा २ सुनसरी क्षेत्र नम्बर १ र मोरङ क्षेत्र नम्बर ३ को मतपरिणाम भने अहिलेसम्म आएको छैन ।

नेताहरूका अनुसार यो क्षेत्रमा विवाद भएका कारण मत परिणाम आउन नसकेको हो ।

झापा क्षेत्र नम्बर २ मा प्रदेश सरकारका खानेपानी मन्त्री एकराज कार्की महाधिवेशन प्रतिनिधिका लागि उठेका छन्। 

सोही क्षेत्रमा प्रदेश सांसद तिलाचन पाठक र कमला थापा मगर पनि उम्मेदवार रहेका छन्। 

यस्तै सुनसरी ३ मा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीमणि भण्डारी र प्रदेशसभा सदस्य निरादेवी खनाल उम्मेदवार रहेका छन्। 

मोरङ क्षेत्र नम्बर ३ मा प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी पनि महाधिवेशन प्रतिनिधिको उमारदार रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : १४ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु