काठमाडौंले गुमायो पहिलो विकेट « Khabarhub

काठमाडौंले गुमायो पहिलो विकेट


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ । इनिङकोे ४ ओभर २ बलमा काठमाडौंका आकाश त्रिपाठी आउट भए । नन्दन यादवको बलमा उनी गुल्शन झाबाट क्याच आउट भए । आउट हुनुअघि उनले ११ बलमा ८ रन जोडे ।

अहिले कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउँदै अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।

पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले सन्तोषजनक स्कोर तयार पारेको हो । खेलको पहिलो बलमै करण केसीले प्रियाङ्क पाञ्चाललाई आउट गरेका थिए भने पहिलो ओभरको अन्तिम बलमा विल बोसिस्टो पनि आउट भएका थिए ।

निरन्तर हारिरहेको कर्णालीका लागि काठमाडौंविरुद्धको खेल प्रतिष्ठा बनेको छ । चार खेल खेलेर दुई अंक मात्रै जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग चार विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटको जित निकालेको थियो ।

तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हारेको कर्णाली चौथो खेलमा विराटनगरसँग तीन विकेटले पराजित भएको हो । कर्णालीका लागि अब सबै खेल जित्नैपर्ने दबाब छ ।

पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हारको सामना गरेको काठमाण्डु चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनले विजयी भएको हो । पाँचौं खेलमा चितवनलाई ५३ रनले हराएको काठमाडौं आजको खेलमा उच्च मनोबलसहित उत्रिँदैछ ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।

पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ५ : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको