एनआरएनएले १२औँ महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने « Khabarhub

एनआरएनएले १२औँ महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघको १२औँ महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ ।  

एनआरएनएको दुईपक्षबीच एकताको सहमति भएपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनआरएनएले गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको हो । 

उक्त मितिभित्र १२ औँ महाधिवेशन सम्पन्न गर्दा २०२५ मे ३–४ मा आयोजित एकताको महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पनि मध्यनजर गर्दै, उक्त समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने एनआरएनएले जनाएको छ । 

त्यस्तै १२औँ महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्नका लागि आगामी महाधिवेशनमा उम्मेदवार नहुने व्यक्तिहरू सम्मिलित गरी एक ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने सहमति भएको छ । 

पत्रकार सम्मेलनमा संस्थापन अध्यक्ष डा उपेन्द्र महतोले एनआरएनएको विवादका कारण देश बाहिर रहेका ८० लाख नेपालीलाई बन्धक बनाउन नहुने बताए । 

उनले दुई पक्षले गल्ती महसुस गरेर एकता गर्नु निकै सकारात्मक भएकाले एनआरएनएलाई सबैको विश्वासको संस्था बनाएर अघि बढ्न आग्रह गरे ।

त्यस्तै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले टुक्रिएको संस्थाको नेतृत्व गर्नु र एकता भएको संस्थाको नेतृत्व गर्नु फरक कुरा भएको बताए । उनले आफू निरन्तर संस्थालाई एकताबद्ध गर्न लागेको भन्दै आगामी दिनमा संस्थालाई थप बलियो बनाउँदै लैजाने बताए ।

त्यस्तै एनआरएनएका अर्का अध्यक्ष महेश श्रेष्ठले २२ वर्ष पुरानो संस्थामा विवाद भएका कारण एनआरएनएको पदाधिकारी भन्न लाज लाग्ने अवस्था अव अन्त्य भएको धारणा राखे । उनले सबै पदाधिकारीहरूको निरन्तरको प्रयासका कारण एकताबद्ध हुन सफल भएको उल्लेख गरे  ।

एनआरएनएले असन्तुष्टि, मतभेद र मतभिन्नताहरू हरेक संस्थाको स्वाभाविक प्रक्रिया भएको र सबैलाई सहमति र संवादको माध्यमबाट समाधान गर्दै एकताको ऐतिहासिक अध्याय लेख्न सफल भएको जनाएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : १० बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम