प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ « Khabarhub

प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गतको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिएर उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनको अनुसन्धानका क्रममा संकलित तथ्य र विज्ञ टोलीको विश्लेषणले बैंकका शीर्ष नेतृत्वको संलग्नता पुष्टि भएको थियो।

अनुसन्धानबाट उनीहरूले राष्ट्र बैंकको निर्देशनविपरीत काम गरेको र बैंकलाई हानी हुने गरी करोडौँ रुपैयाँ विभिन्न कम्पनीमार्फत् दुरुपयोग गरेको भेटिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेकामध्ये प्रभु बैंकका सीईओ बाग्लुङको कालिका–५ घर भएका अशोक शेरचन, गोरखा, पालुङटार–२ घर भएका डेपुटी सीईओ मणिराम पोखरेल र सुनसरी, इटहरी–४ घर भएका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् ।

हाल उनीहरूविरुद्ध थप छानबिन अघि बढाइएको सीआईबीका प्रवक्ता श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ३८ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी