काठमाडौंद्वारा कर्णाली ५ विकेटले पराजित « Khabarhub

काठमाडौंद्वारा कर्णाली ५ विकेटले पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पाएको जवाफी ब्याटिङ गरेको काठमाडौंले १७ ओभर ६ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौंका जेरार्ड एरास्मसले सर्वाधिक नटआउट ४३ रन जोडे । ३३ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, जोन सिम्पसनले ४१, बेन चार्ल्सवर्थले ३४ रन जोडे ।

कणालीका लागि भने नन्दन यादवले तीन विकेट लिए । खेलको १७ ओभर ३ र ४ बलमा उनले लगातार दुई विकेट लिए । उनले १७ ओभर ३ बलमा जोन सिम्पसनलाई आउट गरे भने १७ ओभर ४ बलमा रशिद खानलाई आउट पारे । त्यसैगरी, कर्णालीका पवन शर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।

पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले सन्तोषजनक स्कोर तयार पारेपनि पराजित भएको हो । खेलको पहिलो बलमै काठमाडौंका कप्तान करण केसीले प्रियाङ्क पाञ्चाललाई आउट गरेका थिए भने पहिलो ओभरको अन्तिम बलमा विल बोसिस्टो पनि आउट भएका थिए ।

बलिङतर्फ काठमाडौंका रशिद खानले दुई तथा करण केसी, मिलन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ५८ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर