काठमाडौंद्वारा कर्णाली ५ विकेटले पराजित « Khabarhub

काठमाडौंद्वारा कर्णाली ५ विकेटले पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पाएको जवाफी ब्याटिङ गरेको काठमाडौंले १७ ओभर ६ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौंका जेरार्ड एरास्मसले सर्वाधिक नटआउट ४३ रन जोडे । ३३ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, जोन सिम्पसनले ४१, बेन चार्ल्सवर्थले ३४ रन जोडे ।

कणालीका लागि भने नन्दन यादवले तीन विकेट लिए । खेलको १७ ओभर ३ र ४ बलमा उनले लगातार दुई विकेट लिए । उनले १७ ओभर ३ बलमा जोन सिम्पसनलाई आउट गरे भने १७ ओभर ४ बलमा रशिद खानलाई आउट पारे । त्यसैगरी, कर्णालीका पवन शर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।

पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले सन्तोषजनक स्कोर तयार पारेपनि पराजित भएको हो । खेलको पहिलो बलमै काठमाडौंका कप्तान करण केसीले प्रियाङ्क पाञ्चाललाई आउट गरेका थिए भने पहिलो ओभरको अन्तिम बलमा विल बोसिस्टो पनि आउट भएका थिए ।

बलिङतर्फ काठमाडौंका रशिद खानले दुई तथा करण केसी, मिलन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ५८ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा