कुमारी घरबाट चोरिएको पुरातात्विक वस्तु बेलायतबाट फिर्ता « Khabarhub

कुमारी घरबाट चोरिएको पुरातात्विक वस्तु बेलायतबाट फिर्ता


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्षअगाडि चोरिएको पुरातात्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो ।

मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा २०५७ सालमा कुमारीघरबाट चोरी भएको थियो । बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको छ । प्रतिस्थापन अगाडि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो ।

अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधानअनुसार सो सम्पदा ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालबाट चोरिएका विभिन्न मूर्ति, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि प्रक्रिया चलाइन्छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमूना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कला शैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ । कला क्षेत्रको विकासमा गर्विलो इतिहास बोकेको सम्पदा संरक्षणले समग्र राष्ट्रको गौरव बढाएको अधिकृत सुवेदीले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : ५३ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।