भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते « Khabarhub

भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना तमिलनाडुको सिवगङ्गा जिल्ला अन्तर्गत पर्ने थिरुपट्टुर–करैकुडी मुख्य मार्गमा भएको हो । दुर्घटना स्थल राज्य राजधानी चेन्नईबाट करिब ४२३ किलोमिटर किदिसम्म दक्षिण–पश्चिमतर्फ पर्छ ।

प्रहरीका अनुसार एक बस तिरुप्पुरबाट करैकुडीतर्फ जाँदै थियो भने अर्को बस करैकुडिबाट डिण्डिगुलतर्फ गइरहेको थियो । ती दुवै बस एकै लेनमा आमनेसामने ठोक्किँदा ठूलो क्षति पुगेको बताइएको छ ।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले तत्कालै उद्धार तथा राहत कार्य थालेका थिए । घाइतेहरूलाई स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

प्रहरीका अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : २३ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु