इन्डोनेसियामा बाढीका कारण चार सयबढीको मृत्यु « Khabarhub

इन्डोनेसियामा बाढीका कारण चार सयबढीको मृत्यु


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको सुमत्रा टापुमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४४२ पुगेको छ। अधिकारीहरूले बताएअनुसार आइतबार यो संख्या पहिलोपटक तीन सय नाघेको थियो। सुमत्रामा लगातार राहत तथा उद्धार कार्य जारी रहेका छन्। बाढीले सडक बगाएका ठाउँमा उद्धारकर्मीलाई पुग्न कठिन भइरहेको जनाइएको छ। त्यस्तै धेरै स्थानहरूमा इन्टरनेट र बिजुली आपूर्ति अझै सञ्चालनमा आउन सकेका छैनन्।

दक्षिणपूर्व एसियाका धेरै भागहरू मनसुनी वर्षा र चक्रवाती आँधीका कारण गम्भीर रुपमा प्रभावित भएका छन्। यसलाई इन्डोनेसियामा हालका वर्षहरूमा आएको सबैभन्दा भीषण बाढी मानिएको छ।

इन्डोनेसियाका साथै मलेसिया, श्रीलंका र थाइल्यान्डमा पनि सयौँ मानिस वर्षा र बाढीको संकटसँग जुधिरहेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ५४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक