इन्डोनेसियामा बाढीका कारण चार सयबढीको मृत्यु « Khabarhub

इन्डोनेसियामा बाढीका कारण चार सयबढीको मृत्यु


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको सुमत्रा टापुमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४४२ पुगेको छ। अधिकारीहरूले बताएअनुसार आइतबार यो संख्या पहिलोपटक तीन सय नाघेको थियो। सुमत्रामा लगातार राहत तथा उद्धार कार्य जारी रहेका छन्। बाढीले सडक बगाएका ठाउँमा उद्धारकर्मीलाई पुग्न कठिन भइरहेको जनाइएको छ। त्यस्तै धेरै स्थानहरूमा इन्टरनेट र बिजुली आपूर्ति अझै सञ्चालनमा आउन सकेका छैनन्।

दक्षिणपूर्व एसियाका धेरै भागहरू मनसुनी वर्षा र चक्रवाती आँधीका कारण गम्भीर रुपमा प्रभावित भएका छन्। यसलाई इन्डोनेसियामा हालका वर्षहरूमा आएको सबैभन्दा भीषण बाढी मानिएको छ।

इन्डोनेसियाका साथै मलेसिया, श्रीलंका र थाइल्यान्डमा पनि सयौँ मानिस वर्षा र बाढीको संकटसँग जुधिरहेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ५४ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी