राम्रो खेल्दा पनि नतिजामा चुक्यौँः गुल्सन झा « Khabarhub

राम्रो खेल्दा पनि नतिजामा चुक्यौँः गुल्सन झा


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज सम्पन्न खेलमा काठमान्डू गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ । यो जितले आठ अङ्क जोडेको काठमान्डूले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली भने प्लेअफबाट बाहिरिने सङ्घारमा पुगेको छ ।

आजको खेलमा पराजित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा कर्णालीका खेलाडी गुल्सन झाले टोलीले राम्रै खेल्दा पनि नतिजामा चुक्नुपरेको बताए ।

‘राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको छ’, उनले भने, ‘सबैले राम्रो खेलिरहेका छौँ । तर नतिजा हाम्रो पक्षमा ल्याउन सकिरहेका छैनौँ ।’ अब खेल्न बाँकी रहेका दुई खेल जित्ने र अझै पनि प्लेअफ पुग्ने लक्ष्य रहेको झाको भनाइ थियो ।

यस्तै काठमान्डू गोर्खाजको जितमा प्लेयर अफ दी म्याच भएका जेरार्ड इरासमसले आज राम्रो इनिङ खेल्न पाउँदा धेरै खुसी लागेको बताए ।

‘आजको पिच ब्याटिङ गर्न राम्रो रहेको थियो । जसमा मैले राम्रो इनिङ खेले, धेरै खुसी लागेको छ’, उनले भने । एनपिएलको जारी सिजनमा यो नै आफ्नो अन्तिम खेल भएको र नेपाली क्रिकेटलाई आफूले याद गरिराख्ने इरासमसको भनाइ थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ५४ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।