राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी « Khabarhub

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि यात्रामा चुनौतीहरू कम नभएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्ता र प्रेम दुवै शक्तिशाली तत्व भएर पनि कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ भन्ने कुरा थाहै नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो, तर यो यात्रामा चुनौतीहरू कम छैनन्। सत्ता र प्रेम दुवै शक्तिशाली तत्व हुन् तर कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ, थाहै हुँदैन।’ 

उनले सत्ताबाट जन्मिने लोभ र मोहले अहंकार उत्पन्न गर्ने र अहंकारले आन्तरिक द्वन्द्व सिर्जना गर्ने भएकाले सम्हालिँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
उनले भनेका छन्– सत्ताबाट जन्मिने लोभ र मोहले ‘म’लाई जन्माउँछ, ‘म’बाट अहंकार उत्पन्न हुन्छ, र अहंकारले अन्ततः आन्तरिक द्वन्द्व सिर्जना गर्छ।’

उनले सत्ता र शक्तिको आडमा उत्पन्न हुने लोभ र मोहको औषधी भनेको नेतृत्वको इच्छाशक्तिमा निहित इमानदारिता भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ९ : १४ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका