राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी « Khabarhub

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि यात्रामा चुनौतीहरू कम नभएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्ता र प्रेम दुवै शक्तिशाली तत्व भएर पनि कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ भन्ने कुरा थाहै नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो, तर यो यात्रामा चुनौतीहरू कम छैनन्। सत्ता र प्रेम दुवै शक्तिशाली तत्व हुन् तर कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ, थाहै हुँदैन।’ 

उनले सत्ताबाट जन्मिने लोभ र मोहले अहंकार उत्पन्न गर्ने र अहंकारले आन्तरिक द्वन्द्व सिर्जना गर्ने भएकाले सम्हालिँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
उनले भनेका छन्– सत्ताबाट जन्मिने लोभ र मोहले ‘म’लाई जन्माउँछ, ‘म’बाट अहंकार उत्पन्न हुन्छ, र अहंकारले अन्ततः आन्तरिक द्वन्द्व सिर्जना गर्छ।’

उनले सत्ता र शक्तिको आडमा उत्पन्न हुने लोभ र मोहको औषधी भनेको नेतृत्वको इच्छाशक्तिमा निहित इमानदारिता भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ९ : १४ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा