मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११२ रुपैयाँ २३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ १० पैसा र बिक्रीदर ४६९ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : ४५ बजे

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज– जिल्ला प्रहरी कार्यालयले वीरगन्जको अवैध गोदाममा छापा मार्न जाँदा

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियान : रामप्रसादराईमा ज्ञान महोत्सव

भोजपुर– जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप

करेन्ट लागेर मजदुरको निधन

झापा– झापाको बिर्तामोड नगरपालिका– २ चारपानेस्थित एक उद्योगमा गए राति