निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा « Khabarhub

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ।

निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो।

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्।

काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन्। यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ।

त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन्।

आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ। त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : २३ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस