बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै « Khabarhub

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय ‘शूटआउट इन दुबई’ सँग जोड्ने समाचारहरू आइरहेका छन् ।

भारतीय मिडिया अनुसार, उनी यस फिल्मको मुख्य भूमिकामा हुन सक्ने चर्चा छ । हालसम्म निर्माता एकता आर. कपूर र राणेले औपचारिक घोषणा गरेका छैनन् ।

भारतीय मिडिया मिड–डेका अनुसार, ‘शूटआउट इन दुबई’ मुम्बईको अन्डरवर्ल्डभन्दा बाहिर, दुबईको बहुसांस्कृतिक पृष्ठभूमिमा आधारित काल्पनिक अपराध कथा हुनेछ।

यो फिल्म मूल ‘शूटआउट’ शृङ्खला निर्माण गर्ने एकता आर. कपूर र अनुभवी निर्देशक सञ्जय गुप्ताको सहकार्यमा बन्नेछ ।

शूटआउट फ्रेन्चाइजको सुरुवात २००७ मा ‘शूटआउट एट लोकहंडवाला’ बाट भएको थियो । त्यसपछि २०१३ मा ‘शूटआउट एट वडाला’ रिलिज भयो, जसले वास्तविक घटनामा आधारित स्टाइलाइज्ड एक्सन र थ्रिलमा दर्शकको मन जितेको थियो ।

रिपोर्ट अनुसार, स्क्रिप्टका विभिन्न ड्राफ्टहरू २०२१ देखि तयार हुँदै आएका छन् र नयाँ फिल्म पूर्ण रूपमा काल्पनिक भए पनि फ्रेन्चाइजको तनावपूर्ण र भिजुअल प्रभाव कायम राख्ने योजना छ ।

अभिनेता राणेको यस प्रोजेक्टसँगको सम्बन्धले उनको करियरमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म कास्ट, क्रू र रिलिज मिति सार्वजनिक भएको छैन । विशेषगरी ‘सनम तेरी कसम’को रि–रिलिज र २०२५ को रोमान्टिक ड्रामा ‘एक दीवाने की दीवानियत’ को व्यावसायिक सफलतापछि हालका वर्षहरूमा उनी बलिउडका चर्चित युवा अभिनेताका रुपमा चर्चित छन्  ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ५२ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका