व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान « Khabarhub

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको बताएका छन्।

ऊर्जामन्त्रीसमेत रहेका घिसिङले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। उनले भनेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’

यो एकीकरणले देशलाई निकास दिने उनको विश्वास छ। उज्यालो अभियानलाई अझ सशक्त बनाउन जस्तै निरन्तर साथ र सहयोग रहने विश्वास उनले व्यक्त गरेका छन्।

उनले थप लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’

सोमबार साझ रास्वपा सभापति रवि लामिछाने र कुलशमानले पार्टी एकीकरणको सहमति गरेका हुन्। यो सहमतिको साक्षी बालेन्द्र साह बनेका छन्।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : १८ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र