नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा « Khabarhub

नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । 

आइतबार दिउँसो दुई बजेबाट मतगणना सुरु भएकोमा हालसम्म ११ हजार मत गणना भएको छ । मंगलबार विहान ११ बजेसम्मको मतगणनाको अपडेट अनुसार उपाध्यक्षमा डा. कुन्जाङ शेर्पाले ६६४ मतको अग्रता बनाएका छन् । उनी ४७६० मतका साथ अग्रस्थानमा छन् ।

उनलाई पछयाइरहेका डा. गुणशरण साहले ४०९६ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १६९२ मत पाएका छन् । 

यसैगरी, सदस्यहरुमा डा. छवि पन्थी अग्रस्थानमा छन् । उनले ४ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । यसैगरी, डा. सारिका गोइतले ४हजार २ सय १५ मत, डा. दीपेन्द्र पाण्डेले ३ हजार ६ सय ८० मत, डा. योबिनकुमार यादवले ३ हजार ४ सय २० मत, डा.अस्मिता पोखरेलले ३ हजार ८९ मत, डा. सम्राट पराजुलीले ३हजार ६८ मत, डा. निना राई २ हजार ८ सय ४१ मत, डा. रबिन बस्नेतले २ हजार ८ सय ३१ मत, डा. कुम्भराज जोशीले २ हजार ८ सय १३ मत, डा. घनश्याम पाण्डेले २ हजार ७ सय ८३ मत, सरोजकुमार साहले २ हजार ५ सय ९५ मत र डा. उज्जव ठाकुर २ हजार २ सय ९८ मत पाएका छन् । 

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो ।

निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ । अब ९२२ मत गन्न बाँकी छ । काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : १२ बजे

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका