किसानसँग कोटाभन्दा बढी धान खरिद « Khabarhub

किसानसँग कोटाभन्दा बढी धान खरिद


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ ।

यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो ।

मोटा र मध्यम गरी २० क्विन्टल खरिदको कोटा पाएकामा १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा र चार हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरी २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार मोटा धान पाँच करोड २९ लाख ७७ हजार २४२ र मध्यम धान एक करोड ८१ लाख ४० हजार ५६१ को धान खरिद गरिएको छ ।

मोटा धानको तीन हजार ४६३ दशमलव ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ दशमलव ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको लामिछानेले बताए ।

केन्द्रबाट सीमित बजेट छुट्याइएको र सोहीअनुसार धान खरिदको कोटा प्राप्त भएकाले सोहीअनुसारको खरिद गरिएको बताउँदै उनले योसँगै यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उल्लेख गरे । गत वर्ष कार्यालयले ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो । (रासस)

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ३० बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै