सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ « Khabarhub

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् ।

समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन् ।

आज सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताए। 

उनले भने, ‘कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको हामीले ठेक्का रद्द गरेका छौँ । यो सरकारको रहर होइन, बाध्यता हो । अब सडक मर्मतमा ढिलाइ गरिए पेनाल्टी तिर्नुपर्ने अवस्था आउँछ ।’

देशभर सुधार गर्नुपर्ने सडकको सङ्ख्या अत्यधिक रहे पनि सीमित बजेटका कारण सबै सडक समयमै मर्मतसम्भार गर्न नसकिएको उनको भनाइ छ । 

‘सङ्घ, प्रदेश र स्थानीय तहबाट सडक मर्मतका लागि निरन्तर माग आइरहेको छ,’ उनले भने, ‘तर बजेटको सीमितताले गर्दा सबै माग तत्काल सम्बोधन गर्न सकिरहेका छैनौँ ।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक निर्माण मात्र विकासको सूचक नभएको स्पष्ट पारे। 

उनले सडक उपभोग योग्य नबनेसम्म विकास अधुरो रहने उल्लेख गर्दै भने, ‘विकास भनेको सडक बनाएर मात्रै हुँदैन । बनेको सडकमा सवारी साधन सहज रूपमा चल्नुपर्‍यो  । बिग्रेका सडक समयमै मर्मत गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले समयमै मर्मतसम्भार नगरिँदा सडकको लागत तीनदेखि चार गुणासम्म बढ्ने गरेको तथ्य औँल्याए । 

सडक विभागका महानिर्देशक डा विजय जैसीले सडकलाई विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै आवश्यक बजेट विनियोजन गरेर समयमै मर्मतसम्भार गर्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ५३ बजे

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी