शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण « Khabarhub

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ ।
   
नगरका कार्यवाहक प्रमुख इसरत परविनका अनुसार ट्याक्टरमार्फत नगरपालिकाका कर्मचारीको टोलीले नगरको चोक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।

कार्यवाहक प्रमुख परविनले विगत एक हप्तादेखि बढेको जाडोबाट प्रभावित स्थानमा दाउरा अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क वितरण गरिएको बताए।

उनले भने, “अहिले आफ्नो दैनिकी जीवन चलाउन कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने कर्मचारी तथा सर्वसाधारणलाई न्यानोका लागि यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्नेछ ।”

नगरपालिकाका अनुसार मुख्य बजारसहित वडा नं. १, २, ३, ४, ५, ६ र ७ वडामा दाउरा वितरण गरिएको छ  । 

राजविराज नगरपालिका–७ का स्थानीय राजेश चन्द्र यादवले  दाउरा वितरण थालिएपछि सर्वसाधारणलाई चिसोबाट थोरै राहत महसुस भएको बताए।  
 
शीतलहरका कारण जनजीवन प्रभावित भएपछि सप्तरीका राजविराजसहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोकै कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । 

त्यसैगरी बरख गण राजविराजबाट सेनानी भरत गिरीको कमान्डमा १÷१६  नफ्री मा राजविराज नगरपालिका–२, ५, र ७ वडा र विभिन्न ११  स्थानमा  करिब २०० जना स्थानीयलाई लाभान्वित हुने गरी जिल्ला वन डिभिजनको सहयोगमा दाउरा वितरण गरेको नेपाली सेनाले जनाएको छ  ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ३ : ०७ बजे

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी