फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा « Khabarhub

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।  

नेतान्याहूले इजरायली सरकारले ट्रम्पलाई शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै ८० वर्षमा पहिलो पटक यो पुरस्कार गैर–इजरायली नागरिकलाई प्रस्ताव गरि  शान्ति श्रेणी थप गरिएको बताएका छन् ।

सोमबार फ्लोरिडास्थित ट्रम्पको निवास मार–ए–लागोमा भएको द्विपक्षीय वार्ता पछि ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले यस्तो घोषणा गरेको बताइएको छ भने ट्रम्पले यस सम्मानलाई अप्रत्याशित र प्रशंसनीय भन्दै प्रतिक्रिया दिएको बताइएको छ ।   

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इजरायली र यहूदी जनताका लागि गरेको अपार योगदानका लागि यो पुरस्कार प्रदान गरेको शिक्षा मन्त्रीले औपचारिक रूपमा घोषणा गरेको  नेतान्याहूले पुष्टि गरे । 

‘यसले सम्पूर्ण क्षेत्रमा इजरायलीहरूको भावनालाई प्रतिबिम्बित गर्दछ, उनीहरूले इजरायललाई सहयोग गर्न र आतङ्कवादीहरू विरुद्धको हाम्रो साझा लडाइँको कदर गर्छन्’ उनले बताए । 

ट्रम्पले प्रतिक्रिया दिँदै पुरस्कार आश्चर्यजनक र धेरै सराहनीय रहेको बताए । 

इजरायल पुरस्कार देशको सर्वोच्च नागरिक सम्मान हो, परम्परागत रूपमा विज्ञान, कला र मानविकी जस्ता क्षेत्रमा उत्कृष्टताका लागि इजरायली नागरिकहरूलाई प्रदान गरिन्छ । यद्यपि शान्ति श्रेणी यस अघि कहिल्यै प्रदान गरिएको थिएन । जुलाई २०२५ मा, इजरायलले  पुरस्कारका लागि ट्रम्पको छनोट गर्दै विदेशी नागरिकलाई सम्मान दिन अनुमति दिन पुरस्कार नियमहरू संशोधन गरेको थियो । 

पुरस्कार प्राप्त गर्न ट्रम्पले इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने अपेक्षा गरिएको सीएनएनले जनाएको छ । शिक्षा मन्त्री योव किस्चले ट्रम्पलाई औपचारिक रूपमा निर्णयको जानकारी दिएसँगै उनले समारोहमा उपस्थित हुने विचार व्यक्त गरे ।

दुई नेताहरूबिच मतभेद रहेको भएता पनि ट्रम्प र नेतान्याहूले कब्जा गरिएको वेस्ट ब्याङ्कसहित गाजा शान्ति योजनाको दोस्रो चरणबारे पनि कुरा गरेको ट्रम्पले बताए । 

यसैबीच नेतान्याहूले वार्ता अत्यधिक फलदायी भएको बताउँदै ट्रम्पको भूमिकाको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ५४ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक