ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन « Khabarhub

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई आफ्नो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला असत्य भएको स्पष्ट पारेका छन्।

उनले पार्टी नेता तथा आफ्ना ससुराबारेको उक्त निर्णय आफ्नो चाहना, अनुरोध र सम्भव प्रयास विपरीत भएको पनि बताएका छन्।

सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै थापाले उक्त निर्णय आफ्नो चाहना, अनुरोध र सम्भव प्रयास विपरीत भएको बताएका हुन्।

‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहनाविपरीत हो,’ थापाले लेखेका छन्। उनले यस विषयमा आफूले अनुरोध गरेको र सम्भव सबै प्रयास गरे पनि फरक निर्णय भएको उल्लेख गरेका छन्।

थापाले आफू र केसीबीच राजनीतिक दृष्टिकोण र निर्णयहरू कहिले मिल्ने र कहिले फरक पर्ने स्वाभाविक प्रक्रिया भएको बताएका छन्। ‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्। कहिले मिल्छन्, कहिले बाझिन्छन्,’ उनले भनेका छन्।

उनले विगतमा पनि राजनीतिक प्राथमिकता नमिल्दा पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लडेको स्मरण गराएका छन्।
यसपटक पनि अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा मतभिन्नता रहेको थापाको भनाइ छ।

थापाको स्पष्टीकरणपछि समानुपातिक सूचीमा परिवारिक प्रभावका आधारमा निर्णय भएको भन्ने आरोपप्रति थप बहस सुरु भएको छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ४६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो