विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ « Khabarhub

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक शैक्षिक संस्थाले विद्यार्थीहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन् ।

आज भक्तपुरको वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा उनले प्रत्येक विद्यार्थीमा देशप्रेमको भावना जगाउन आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष विजुक्छेँले भने, “शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न सक्छन्, पुँजीवादी शक्तिहरू विभिन्न शैलीमा अगाडि बढिरहेका छन् । आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र हुँदैन, यसैले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरूलाई देशप्रेमको शिक्षा दिन आवश्यक छ ।”

नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएसम्म शिक्षा महँगो हुने बताउँदै उनले विद्यार्थीलाई कामदारका रूपमा बाहिर मुलुकमा जान बाध्य पर्ने शिक्षा प्रणालीमा रुपान्तरणको आवश्यकता औँल्याए। कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ९ : २२ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको